गीत

लाहुर जाने लाहुरे (रेलिमै …)२ छुट्टिमा आउनु है
यो दिललाई घायते बनाए पछी उपचार गर्नु है ॥

आखाँभरी झझल्को बोकी कस्तो देख्छौ सपनी
कसरी पो निदाउछौ कठै बन्दुकको सिरानी
पल्टनको बसाई गाह्रौ होला आफ्नो ख्याल गर्नु है
लाहुर जाने लाहुरे (रेलिमै …)२ छुट्टिमा आउनु है ॥

गाउँ र घरमा लेकबेशी गर्दै मेलापात गरेको 
नभुल्नु कहिल्यै अर्म र पर्म खेतला लाएको
साथी र संगी आफ्न्तहरुको सम्झना राख्नु है
लाहुर जाने लाहुरे (रेलिमै …)२ छुट्टिमा आउनु है ॥