
✍️हाम्रो आवाज न्यूज । बिगत ६ बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आईरहेका सर्जक गौतम सागर राई साहित्य ,संगीत , पत्रकारितामा परदेश बाटै सकृय छन ।लगभग ३ दर्जन गीतमा संगीत,स्वर,साथै केही शब्द दिइसकेका राईले फेरी नयाँ गीत “लाहुर जाने लाहुरे”सर्बजानिक गरेका छन ।
सर्जक राईको बिगत केहि समय देखी निरन्तर सिर्जनहरु बजारमा आइरहेकोछ ।धेरै दर्शक श्रोताहरुले रुचाएको गीत (परदेशिको याद ) पछी “ सीमापारी” “नौलो परदेशी” “मुलबाटो” “दशै आयो तिहार आयो “ उनका सिर्जनाहरु सार्बजानिक भैईसकेका छन ।
यस गीतमा स्वर अहिलेको चर्चित गायिका बविना किराँतीको रहेकोछ भने शब्द र संगीत गौतम सागर राईको हो ।गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्किले गरेका छन ।यस गीतलाई किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।
यस गीतमा गाउँघरमा संगै मेलापात गरेको ठिटो लाहुर गए पछी आफ्नो गाउँको मायालुले पुरानो बितेका दिन हरुको अतितका यादगरु दिलाउदै छुट्टिमा फर्किनु है भन्ने भाव दिएकोछ । गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने यस गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ ।