
गीत -
बर्खा लाग्यो गाउँघरमा याद रोप्दै हौली
धमिलो त्यो बगिरहने आँसु होकी खोली
बादलुको घुम्टो खोली चिहाउदा जुनले
छोडिजाने परदेशीलाई के-के भन्छ मनले
बर्सिएका झरी संगै भिज्यो होला चोली
बर्खा लाग्यो गाउँघरमा याद रोप्दै हौली
पैतलामा काडाँ बिजे झिक्ने काडाँले नै
मनले मनलाई काटे पनि जोड्ने मनले नै
तिम्लाई पनि रहर होला चढ्न लाई डोली
बर्खा लाग्यो गाउँघरमा याद रोप्दै हौली ।
✍️गौतम सागर राई
सोलुखुम्बु ,हाल -अमेरिका कोलोराडो ।