गीत -

गीत

जन्म दिने मेरी आमा कर्म दिने बाबा,

अन्धकारमा जीउनु पर्यो कुन जन्मको श्राप!!

बाउ-आमा न त मेरै दोष भाग्य लेख्ने दैव,

यति झलमल संसार पनि अन्धकार हुदो रहेछ!!


हे निष्ठुरी दैव कहाँ भेंटूँ तलाई,

यति सुन्दर संसार अन्धकार भो मलाई!!

पाप लाग्ला यो कर्मले जनम-जनम तलाई,

संसार हेर्ने मेरो आखा आज खोल्दे मलाई!!


दु:ख पीडा सबैमा हुन्छ मनमा मिठो माया,

सत्कर्मको प्रतिविम्व उस्तै सीतल छाया!!

विहानीको झुल्के धाम जुनेलीको छाया,

भाग्य लेख्ने दैव पनि किन दाया-वाया!!

~सन्जिब कोयी

सुङदेल