गीता देवी र दिनेश भण्डारी (सागर) को आवाजमा ‘सरर मिनी बसैमा’ सार्वजनिक भिडियोसहित

भरत बि शि काठमाडौं । मिठो स्वरकी धनी गायिका गीता देवी र लोक प्रिय गायक दिनेश भण्डारी (सागर)को आवाज दिनेश भण्डारी (सागर) जुना दाहाल सुवराज श्रेष्ठ अर्जुन दुम्जलीको अभिनयमा ‘सरर मिनी बसैमा’ बोलको गीत सार्वजनिक भएको छ

गीतमा दिनेश भण्डारी (सागर)को शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका गीता देवी र लोक प्रिय गायक दिनेश भण्डारी (सागर)को स्वर रहेको छ। संगीत सरोबर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुफिक्ष मदनले संगीत संयोजन गरेका हुन्।

नारायण मगरको निर्देशन रहेको उक्त भिडियोमा दिनेश भण्डारी (सागर)  जुना दाहाल  सुवराज श्रेष्ठ अर्जुन दुम्जलीको अभिनय देख्न सकिन्छ। सुमन तामाङले छायांकन गरेको भिडियोलाई सुमन तामाङ आफैले सम्पादन,कलर गरेका हुन् । मिलन फिल्मस् प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको ‘सरर मिनी बसैमा’ म्यूजिक भिडियो Milan Films Production अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ

भिडियो लिंक याहाँ हेर्नुहोस