गित "मृत्यु एक बिन्ती छ" बोलको म्युजिक भिडियो  सार्बजनिक

हाम्रो आवाज न्युजडटकम - "मृत्यु एक बिन्ती छ" बोलको लिरिकल म्युजिक भिडियो आज सार्बजनिक भएको छ।

बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको यो गितको संगित युवा संगितकार आश कुमार राईले गरेका छन,भने लोकप्रिय तथा बरिष्ठ गायक उदय सोताङको स्वर रहेको छ।  

कवि तथा गितकार भुपाल राईको आफ्नै युट्युब च्यानल "भुपाल राई अफिसियल युट्युब च्यानल" बाट आज सार्बजनिक भएको उक्त गितको संगित सम्योजन बरिष्ठ संगित सम्योजक लाहाङ सुब्बाको रहेको छ। भने मिक्सिङ तथा मास्टरिङ बरिष्ठ साउण्ड ईन्जिनियर तथा रेकर्डिष्ट मित्र लामाले गरेका हुन।  

संङगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गितलाई ओजस स्टुडियो प्रालिले भिडियो निर्माण गरेको हो। यो गितको लिरिकल भिडियो सम्पादन धड्कन लिम्बु तथा वरिष्ठ भिडियो सम्पादक नरोत्तम पाण्डेले गरेका हुन।  

यो गितको सन्दर्भमा गितकार भुपाल राई भन्छन, सयकडौं गितहरु लेखिए रेकर्ड भए आ-आफ्नो ठाँउमा सबै गित हरुको महत्व र सान्दर्भिकता उत्तिकै मुल्यको छ। तर यो गित ती गित हरु भन्दा फरक गित हो।

यो गित एउटा सामाजिक, राजनितिक, दार्शनिक र ब्रह्माण्डिय चेत सहितको भौतिकबादी दृष्टिकोण बाट समाज रुपान्तरणको अभिष्ट पोख्ने गित हो। जुन गितले यो समाजमा रहेको बर्गिय असमानताको खाडल हरु पुर्दै उन्नत र समतामूलक समाज निर्माणको चेतना प्रवाह गरेको छ। यश अर्थमा यो गित अरु गित हरु भन्दा फरक छ।  

यहिँ गितको सवालमा संङितकार आश कुमार राई भन्छन। मृत्यु दर्शन र जीवन दर्शन एक अर्का पर्ती बिपरित छन। मृत्यु शाश्वत छ तर एउटा भौतिकबादी चेतले उक्त शाश्वत मृत्यु माथी निर्मम ढंङ्गले आफ्नो उदेश्य र कर्तब्य हरुको बारेमा जानकारी गराउँदै अतिरिक्त समयको जोरदार माग गरिरहेको छ। त्यसैले बजारमा चलेका सतही गित हरु भन्दा चेतना र दृष्टिकोणमा शन्देस प्रबाहको हिसाबले यो गित निक्कै माथी छ।  

यिनै कारणले यो गित सबैको लागि बनेको हो। तर सबैको लागि बनेपनी सबैको चेतनाको पहुँचमा सम्म नहुन पनि सक्छ। किनकी चेतना सबैको एउटै उचाईको नहुन सक्दछ। त्यस्तै  मानिसको दृष्टिकोण पनि एउटै नहुन सक्दछ। तर समाज बिज्ञान र सामाजिक चेतनाको दृष्टिकोणले यो गित सम्पुर्ण चेतनसिल आम मानिसहरु अनि समाजको निम्ति नै बनेको यस गितको गितकार तथा संङितकारले हाम्रो आवाज न्युजडटकमलाई बताए।

गितको म्युजिक भिडियोको पुरा लिङ्क तल >>>