
जाहजले उडाई लग्यो तिमीलाई त सिमापारी
कस्ले पुछिदेला कठै निधारमा पसिनाको झरी ।
बिरानो त्यो ठाउमा हुन्छ होला सबै बिरानो
कस्लाई भन्ने पराइ हुने को होला आफ्नो
कती बोकी हिड्छौ सधै परदेशमा बाध्यताको भारी
जाहजले उडाई लग्यो तिमीलाई त सिमापारी
आँसु संगै बगिरहने पसिना कती बेचिरहन्छौ
थाहाछ मलाई तिम्रो पिडा तर सन्चैछु भन्छौ
कति दुख लुकाएर तिमी एक्लै सहन्छौ यसरी
जाहजले उडाई लग्यो तिमीलाई त सिमापारी ।
✍️गौतम सागर राई
कोलोराडो अमेरिका ।