खोजी हुँदैन समान्ताको अधिकार सत्तामा पुगे पछी
टेक्छन शहितको सपना लगातार सत्तामा पुगे पछी
पुतलीले आफ्नै हुलिया बिर्सेछ खुब पुतली बने पछी
बद्लियो झुसिल किराको आकार सत्तामा पुगे पछी
कुर्सीमा निदाएको छ कथित राष्ट्र नायक सुन्दैन केही
डकारी रहेकोछ भ्रष्टाचारको डकार सत्तामा पुगे पछी
भेँडाहरुको लाम लस्कर छ देश भरी आफ्नै खुद मलामी
बलि चढाउने मालिकको जयजयकार सत्तामा पुगे पछी
बाँदरलाई लिस्नु लगाएर चढाईयो सिंहदरबारको गेट
हुँदैन राष्ट्र मान्छेले सोचे जस्तो बाँदर सत्तामा पुगे पछी ।
✍️सुनिल दिप्त राई
सोलुखुम्बु हाल -दक्षिण कोरिया ।