गुरुङ ‘तमु’ समाज मकाउले स्व. गुरुङको सम्झनामा दिप प्रज्वलन
सन्जिब कोयी/मकाउ - मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउले आफ्ना संस्थापक अध्यक्ष स्व. रामेन्द्र कुमार गुरुङको सम्झनामा मकाउको “माँ टेम्पल” बारा मकाउमा दिप प्रज्वलन गरी भावपूर्ण श्रदाञ्जली अर्पण गरेका छन्।
विगत धेरै लामो समयदेखि मकाउमा कार्यरत गुरुङ छुट्टीमा नेपाल गएका थिए। कोरोना भाइरसका कारण लकडाउन हुदा मकाउ फर्कन नपाएका गुरुङको दुबै मृगौलामा समस्या देखा परेको थियो।लकडाउनका कारण सहज रुपमा अस्पताल चेकजाच गरी उपचार गराउन नपाएका गुरुङको अस्पताल लाने क्रममा बाटोमा निधन भएको गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिल बहादुर गुरुङले (गोरा) हिमाली संचारसंगको कुराकानीमा जानकारी दिए।
स्याङजा फेदिखोला गाउपालिका आक्राङमा विस २०२७ साल भाद्र २२ गते जन्मेका गुरुङ हाल पोखरा पात्द्री विरौटा-१७ स्थायी रुपमा बसोबास गर्दै आएका गुरुङको यही २०७८ साल बैशाख ३१ गते पोखरा स्थित आफ्नै निवासदेखि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।
अवकास प्राप्त भूपू भारतीय सेना समेत रहेका गुरुङ आफ्नो मातृभाषा, संस्कार, संस्कृति र पहिचान प्रति सचेत थिए। गुरुङ ‘तमु’ समाज मकाउले आफ्नो अभिवक गुमाएको प्रति समाजका अध्यक्ष लिल बहादुर गुरुङ (गोरे) दु:ख ब्याक्त गर्दै परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेका छन्।