गुरुङ ‘तमू’ समाज मकाउद्धारा बाढी प्रभावितहरुलाई ३ लाख ५१ हजार बराबरको सहयोग

मकाउ - मकाउमा गठीत गुरुङ ‘तमू’ समाज मकाउद्धारा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ सोधाका बाढी प्रभावितहरुलाई लत्ता कपडा र खाधन्न सामाग्री राहत सहयोग गरेका छन् ।

गत २०७७ असार १ गते अविरल बर्षापछि मादी नदीमा आएको बाढीले घर जग्गामा ठुलो क्षति पु’याएको थियो। सोंधाका ८ घर परिवार पूर्णरुपमा विस्थापित भएर स्थानीय दुध पोखरी मा.वि. सोंधाको भवनमा आश्रय लिइरहेका पिडीत परिवारका लागि मकाउमा गठीत समाजले अत्यवश्यक राहत स्वरुप खाधन्न सहयोग गरेका हुन् ।

गुरुङ 'तमू' समाज मकाउ 

जिल्लाका सोंधा, तप्राङ, थाक, छाकचोकका गरि करिब ४९ घरमा क्षति पुरयाएको छ। उक्त स्थानका प्रभावित स्थानियहरुलाई मकाउमा कार्यरत मादी गाउँपालिका र पोखरा महानगरपालिका वडा नं. १३ मा बसोबास गरि हाल मकाउमा कार्यरत गुरुङ तमू समाजका पहलमा राहत अभियान संचालन गरेर सहयोग गरिएको गुरुङ ‘तमू’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा”ले हाम्रो आवाज डटकमसंग कुराकानीका क्रममा बताए।

समाजका अध्यक्ष गुरुङका अनुसार कुल ३ लाख ५१ हजार बराबरको राहत सामग्री बाढी प्रभावित क्षेत्रका समुदायका लागि वितरण गरिएको बताए। गुरुङ ‘तमू’ समाज मकाउका सामुहिक पहलमा संकलित सहयोग रकमले स्थानीय ४९ घर परिवारलाई चामल, कम्बल, नुन, तेल, दाल, सर्जिकल मास्क लगायतको राहत सामग्री वितरण गरिएको हो।

राहत वितरण स्थल 

बाढी पिडीतलाई सहयोग गरेपछि बाकी रकम दुध पोखरी युवा क्लवलाई नगद ३० हजार, आमा समुहलाई बाढी पिडित तथा बस्ती संरक्षण कोषमा रहने गरि १ लाख ५५ हजार आर्थिक सहयोग समेत जम्मा गरेका छन् ।

गुरुङ ‘तमु’ समाज मकाउका निर्वतमान अध्यक्ष राजेस गुरुङको नेतृत्वमा मकाउबाट नेपाल फर्किनु भएको तमु दाजु-भाईहरुको उपस्थितिमा एक कार्यक्रमबीच २०७८ श्रवाण ९ गतेका दिन राहत सामग्री वितरण गरिएको थियो । हाम्रो आवाज डटकमसंग कुराकानी गर्दै “यो दुखद धडीमा गुरुङ ‘तमु’ समाज मकाउको अनुरोध स्वीकार गरेर सहयोग गर्नु हुने तमाम  सहयोगी मनहरुमा समाजको अध्यक्ष लिल बहादुर गुरुङ ‘गोरा’ गुरुङ ‘तमु’ समाज मकाउको तर्फबाट आभार समेत ब्याक्त गरेका थिए ।

आयोजित राहत वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। तमू समाज मकाउका सदस्यहरु टिकप्रसाद गुरुङ, लेखबहादुर गुरुङ, खरजंग गुरुङ लगायतले समन्वय गरेका थिए। आमा समुह, दुध पोखरी युवा क्लब सोंधाको व्यवस्थापनमा सहयोग गरेका थिए ।