
काठमाडौं । निकोलस पूरनको आतिशी र प्रेरक माङ्कडको उपयोगी इनिङ्सको बलमा लखनउ सुपर जायन्ट्सले आईपीएल २०२३ को ५८औँ खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ ।
हैदरावादले लखनउलाई जितका लागि १८३ रनको लक्ष्य दिएको थियो । लखनउले चार बल बाँकी रहँदा मात्र तीन विकेट गुमाएर यो उपलब्धि हासिल गरेको हो ।
२० औँ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै टिमलाई जित दिलाएका पुरन १३ बलमा ४४ रन बनाएर अविजित रहे । पूरनको ब्याटबाट चार छक्का र तीन चौका निस्कियो ।
यो जितसँगै लखनउले १२ खेलमा १३ रन बनाएको छ भने टिम चौथो स्थानमा पुगेको छ । उता हैदरावादको खातामा ८ अङ्क मात्र छ ।