संसद ह्यारी भण्डारीद्धारा कोलोराडोको नेपाली सामुदायिक भवन अवलोकन।

✍️नातिबाबु भट्ट, कोलोराडो, अमेरीका।अमेरीकामा नेपाली समुदायका अगुवा, प्रेरणका श्रोत मेरील्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्य ह्यारी भण्डारीले कोलोराडोमा नेपाली समुदायबाट हालै खरिद गरिएको नेपाली सामुदायिक भवनको अवलोकन गरेका छन् ।

डेमोक्रयाटिक पार्टिबाट मेरील्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्यमा दोश्रो कार्यकालको लागी उमेद्धार रहेका भण्डारी नेपाली समुदायबाट शुभ आर्शिवाद तथा सहयोगकोलागी मिट एण्ड ग्रेट कार्यक्रममा कोलोराडो आउदा आईतबार उक्त अवलोकन भ्रमण गरेका हुन् । भण्डारी नेपाली सामुदायिक भवनको प्राङ्गणमा आईपुग्दा उनलाई नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले खादा लगाई दिई स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली घरका सल्लाहकार पुरुषोत्तम पाण्डे, अध्यक्ष जगदिशचन्द्र ढकाल, उपाध्यक्ष द्धय बसन्त लम्साल र नवराज मरासेनीले संसद भण्डारीलाई सामादायिक भवनको अवस्थाबारे जानाकारी गराएका थिए । सबैका कुरा सुनिसकेपछि उनले स्थानिय सिटी तथा स्टेट संग परमिटको तथा अन्य आर्थिक सहयोग जुटाउन सकिने बिभिन्न उपायहरु बारे जानाकारी गराएका थिए ।

उनले आफ्नो कोलोराडो बसाईको समयमा स्थानिय संसद, गर्भनर लगायतका ब्यक्तिहरुसंग यसबारे कुरा उठाउने आश्वासन दिए । संसद भण्डारीले सिटीमा र स्टेटमा पठाएउने सबै कागजपत्रको आफुलाई पनि सीसी गरी पठाउन सल्लाह दिदै, यसको लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आफ्नो मुल उद्धेश्य नै अमेरीकामा नेपालीलाई देखिने र सुनिने बनाउने रहेको भन्दै उनले आफुलाई यस सामुदायिक भवन निर्माण अभियानमा जोडिन पाउदा गौरव लागेको बताए । उनले यस चार बर्षे कार्यकालमा समुदायिक बिकास संबन्धि धेरै मुद्धाहरु उठान गरेको र जस मध्ये १४ बटा मेरील्याण्ड स्टेटको हाउस अफ एसेम्बेलीबाट पास गराउन सफल भएकोमा खुसी ब्यक्त्त गरे ।

कार्यक्रममा उनले आफ्नो कार्यकालमा पास भएका १४ वटा बिलमा सहि गरेको कलम कोलोराडो नेपाली समुदायले निकट भविश्यमा निर्माण गर्ने संग्राहलयमा राख्न हस्तान्तरण गरे ।

उनले अहिले अमेरीकामा हामी हाम्रो सामुदायिक बिकासको लागी भर्खर जग खन्दै छौ । यस्तो अबस्थामा हामी चुप लागेर बसे हाम्रो घर कहिल्यै तयार हुन नसक्ने र हाम्रो समुदायको हक हितको लागी हाम्रा छोरा नातीले पनि सघर्ष गरिरहन पर्ने अबस्था आउने हुनाले अधिकार खोजिकोलागी सबैलाई अग्रसर हुन अनुरोध गरे ।

नेपाली सामुदायिक भवनको अवलोकन भ्रमणगरी महत्वपूर्ण सर सल्लाह सुझाव मार्फत  मार्ग दर्शन गराई दिएकोमा नेपाली घरका सल्लाहकार एबं समजसेवी पुरुषोत्तम पाण्डेले  भण्डारीलाई धन्यवाद दिएका थिए ।