अमेरीकामा ग्यांसस्टेसनको जागीर देखि संसद सम्म – ह्यारी भण्डारी ।

✍️नातिबाबु भट्ट, कोलोराडो, अमेरीका ।सन् २००५ मा नेपालको पर्वत जिल्लाबाट भाग्यको खोजिमा अमेरिका आई पुगेका ह्यारी भण्डारी १३ बर्षको अन्तरालमा सन् २०१८ मा मेरील्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्य हुन पुगे ।

अमेरीका आई ग्यांस स्टेसनको जागिरबाट यात्रा शुरु गरी छोटो समयमा अमेरीको मुलधारको राजनितीमा प्रवेसगरी सांसद सम्म बन्न सकें भन्ने इतिहास उनले आज कोलोराडोमा एक समारोहमा बिच सुनाए् ।

डेमोक्रयाटिक पार्टिबाट मेरील्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्यमा दोश्रो कार्यकालकोलागी उमेद्धार रहेका भण्डारी कोलोराडोमा नेपाली समुदायबाट उत्प्रेरणा, शुभ आर्शिवाद तथा सहयोगकोलागी Meet and Greet कार्यक्रम लिई आई पुगेका हुन् ।

कोलोराडो स्थित नेपाली समुदायले ब्रुमफिल स्थित दरवार रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, ब्यवसायी, समाजसेवी, नागरीक अगुवा तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरुलाई संम्बोधन गर्दै संसद भण्डारीले आफ्नो चार बर्षे कार्यकालको अनुभव सुनाएका थिए । आफु मेरील्याण्ड स्टेटको मात्र संसद भए पनि अमेरीका भरी रहेका नेपाली समुदायको दुःख सुखको साक्षी हुने मौका पाएकोमा आफुलाई गौरव लागेको र आफुलाई यस स्थान सम्म पु¥याउन नेपाली तथा एसियन अमेरीकनहरुको ठुलो हात रहेको बताए ।

आफु अमेरीकामा नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा लागेको भन्दै यस अभियानमा जोडिन सबैलाई आग्रह गरे । अमेरीकाको सबै स्टेटमा रहेका नेपालीले यहाको मुलधारको राजनितीमा प्रबेशगरी निती निर्माण गर्ने तह सम्म नपुगेसम्म हामीलाई संम्पूर्ण अधिकार प्राप्तगर्न कठिन हुने भएकाले संभव भएसम्म क्षमता भएका मानिसहरु अगाडी बढ्न सुझाव दिए ।

दृढ बिश्वासका साथ अगाडी बढे एकदिन शिखर चुम्न सकिन्छ भन्दै उनले थपे, ८० प्रतिषद भन्दा बढि गोराहरुको बसोबास भएको ठाउंमा के चुनाव जितिएला भनेर आफु चुपलागेर बसेको भए यो अवसर कहिल्यौ प्राप्त नहुने बताए । उनले आफ्नो थप जानाकारी चाहिएमा www.harrybhandari.com जान र सक्दो सहयोग गर्न  सुझाव  दिन  सबैलाई अनुरोध गरे ।

हामी अहिले हाम्रो सामुदायिक बिकासको लागी भर्खर जग खन्दै छौ । यस्तो अबस्थामा हामी चुप लागेर बसे हाम्रो घर कहिल्यै तयार हुन नसक्ने र हाम्रो समुदायको हक हित र अधिकारको लागी हाम्रा छोरा नातीले पनि सघर्ष गरिरहन पर्ने अबस्था आउने हुनाले अधिकार खोजिकोलागी सबैलाई अग्रसर हुन अनुरोध गरे ।

दिउसो २ बजे देखि ५ बजेसम्म संचालन भएको कार्यक्रम बासु खनालले संचालन गरेका थिए ।  कार्यक्रममा कोलोराडोका अग्रज तथा समाजसेवीहरु नारायण श्रेष्ठ, पुरुषोत्तम पाण्डे, पदम बिश्वकर्मा, जगदिशचन्द्र ढकाल लगायतका ब्यक्तिहरुले आ–आ आफ्नो  धारणा राख्दै कोलोराडोको नेपाली समुदायको तर्फबाट भण्डारीलाई दौश्रो कार्यकालको सफलताको शुभकामना दिएका थिए ।