कोलोराडोमा हेमन्तराज शर्मा सांगितीक सांझ सम्पन्न ।
✍️नातिबाबु भट्ट , कोलोराडो अमेरिका । कोलोराडोमा आईतबार हेमन्तराज शर्मा सांगितीक सांझ सम्पन्न भयो ।
रकि माउन्टेन फ्रेन्डस् अफ नेपाल आयोजनामा सम्पन्न कार्यक्रममा शर्मा संगै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो ।
बोल्डर स्थित युनिटी चर्चमा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनीधी, व्यवसाही, बुद्धीजिवी, पत्रकार तथा सर्व साधारणको उपस्थिती रहेको थियो । स्थानीय गायक संगीतकार तथा गीतकार बसन्त लम्सालद्धारा सकिदैन देश भुल्न बोलको राष्ट्रिय गीत गायर सुरु गरिएको कार्यक्रममा शर्माले एक दर्जन भन्दा बढि गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए ।
केहि हैन रुप केहि हैन धन संसारमै ठुलो मान्छेको मन भन्ने बोलको सुमधुर गीत गाएर शुरु गरेका हेमन्त शर्माले थापन थाप मयालु, मयां सारै महंगो , मुल हो भने रसाई देउ जस्ता उनका चर्चित गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए ।
आधुनिक, पप, लोकगीत लगयतका १ सय भन्दा बढी गीत गाइ सकेका हेमन्त गायकमात्र नभएर गीतकार तथा संगीतकार पनि हुन । हजारौ श्रोताको मन जित्न सफल गायक शर्माको यो कार्यक्रम कोलोराडोमा कोभिड महामारी पछिको पहिलो संगीतीक कार्यक्रम हो ।
रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष टिका पौडेलले स्वागत मन्तब्य राखेका कार्यक्रममा नेपाली घरका उपाध्यक्ष जगदिशचन्द्र ढकाल, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका निवर्तमा अध्यक्ष बिनोद त्रीपाठी, साहित्यकार द्धय ज्ञानेन्द्र गदाल र पदम विश्वकर्माले गायक शर्मालाइ फुलको गुच्छा खादाले स्वागत गरेका थिए भने अध्यक्ष पौडेलले सम्पुर्ण कोलोराडो बासीका तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए ।
रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका कल्चर सेक्रेटरी आकृती राई अधिकारीद्धारा संचालित कार्यक्रममा बसन्त लंसालले ज्यानै फाल्नु पहिले बोलको मार्मिक गित गाएका थिए भने, हरि लामीछानेले मुक्तक सुनाएका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण हाम्रो आवाजको फेशबुक पेजबाट गरिएको थियो ।