
✍️हाम्रो आवाज न्युज डटकम- चर्चित गायक तथा संगीतकार हेमन्त शर्माको ‘तिमी बाहेक मेरो कोही छैन...’ बोलको गीत सार्वजनिक भएको छ ।
यस गीतमा स्वर हेमन्त शर्मा र एलिना चौहानको रहेको छ ।साथै शब्द तथा संगीत गायक स्वयं शर्माको हो । गीत एरेन्ज कृष्ण बिकेले गरेका छन । देवेन्द्र पाण्डेको कोरियोग्राफीमा भिडियो रुपेश थापाले खिचेका हुन् । पल शाहले सम्पादन गरेको यस भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् ।
भिडियोमा अभिनय पल शाह र रियासा दाहालले गरेका छन् भने कन्सेप्ट अशोक मल्लको हो । भिडियो निर्माण प्रकाश राज र खिमा थापाले गरेका हुन् । यस गीतको म्युजिक भिडीयो हेमन्त शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो लिंक तल