हिजोबाट परेको अबिरल बर्ष र हावाहुरीका करण हङकङमा एक जान महिलाको ज्यान गयो

युवाराई हङकङ / हङकङमा बिहिबार बेलुकि बाट सामुद्रिक आँधीबेहरी, अविरल भारी बर्षाका कारण हङकङमा एक जना महिला कामदारको मृत्यु भएको छ । भने केही ब्याक्तीहरु घाइते भएका छन्।

ह्याप्पी भेलीस्थित ब्राडवुड रोडमा हावाहूरीले स्काफफोल्ड भत्काउंदा त्यहाँ कार्यरत कामदारमध्ये एक महिला कामदारको मृत्यु भएको हो। उनको वानचाईस्थित रतनजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।उनीसंगै सो घटनामा परेका अरु

कामदारहरु को उद्धार गरिएको छ।
भत्किएको स्काफफोल्डमा परेर दुई ओटा कारमा क्षति पुगेको छ।भने सामान्य घाइते भएका एक चालकलाई उपचारका लागी अस्पताल लगिएको छ भने अर्का एकजानलाई चोटपटक नलागेको जनाएको छ।

हङकङको मौसमसम्बन्धी जानकारी दिने निकाय माई अब्जरभेटरीले हङकङमा आँधीबेहरीसंगै भारी बर्षा हुने चेतावनी दिंदै सर्वसाधारण नागारिकलाई घरभन्द बहिरा ननिस्किन सजग र सचेत रहन अपिल गरेको थियो।

माई अब्जरभेटरीले हङकङमा रेड रेनस्ट्रोम, स्ट्रोङ विन्ड सिग्नल ३ जारी गरेको छ। भने यस्तो बेला भारी वर्षा र आँधीबेहरीसंगै अप्रिय  घट्न सक्ने हुनाले सर्वसाधारण नागारिकलाई सजग र सचेत हुन हङकङ सरखरले अपिल गरेको छ ।