हङकङमा अबिरल वर्ष परेसंगै एकजान पैदलयात्रीको बाढीले बगाएर मृत्यु
युवा राई हङकङ, २० जुलाई। मा अन शान हाईकिङ गएका पैदलयात्रीको मंगलवार बाढीले बगाएर मृत्यु भएको छ दुई पुरुष र दुई महिला गरी चार जना भएर मा अन शान हाईकिङ जाँदा ५० वर्षीय पुरुषलाई बाढीले बगाउंदा मृत्यु भएको समाचारमा जनाएको छ।
बिहान करीव ११ बजे संगै आएको साथीलाई हिरो वाटर फलनजिकै बगाएर बेपत्ता पारेपछि उद्धारको लागि प्रहरीलाई खबर गरेको थियो।प्रहरी र फायरफाइटरको टोलीले करीब ४ बजे बेपत्ता पैदलयात्रीलाई मृत फेला पारेको थियो।
विहान टाईफून नं.३ सहित अविरल वर्षा हुंदा पानीको बहाव बढेपछि हङकङ सरकारले बाहिरी गतिविधिमा नलाग्न नागरिकलाई सचेत गराएको थियो।