
सोलुखुम्बु – हिमालयन ट्रस्टले जिल्ला अस्पताल फाप्लु र सोलुदुधकुण्ड नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
मागको आधारमा जिल्ला अस्पताल फाप्लु र नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कोरोना महामारीको जटिल परिस्थितीमा अस्पताललाई २२० थान एन्टिजेन किट, ग्लोब्स ३३ बक्स, सर्जिकल मास्क १४९ बक्सफेस शिल्ड २० थान लगायतका सामाग्री हिमालयन ट्रस्ट सोलुखुम्बुका जिल्ला संयोजक नव भुजेलले अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पालाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै नगरपालिकालाई भिटिएम २ सय थान, एन्टिजेन किट १२० थान, ग्लोब्स १० बक्स, एन ९५ मास्क २० थान, सर्जिकल मास्क २० बक्स, फेस शिल्ड २० थान र ह्यान्ड स्यानिटाईजर ५ वटा प्राप्त भएको नगरपालिकाले जनाएको छ । सामाग्री स्वास्थ्य शाखा संयोजक चमर मगरले बुझेका छन् ।
(फोटो-फाप्लु अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै (दाँया) ग्रहण गर्दै अस्पतालकी निमित्त प्रमुख सानी शेर्पा (बाँया))