
युवा राई हङकङ, ६ सेप्टेम्बर । याउ मा तेईमा गएराति एक नेपाली माथि कुटपिट गरि सुनको चेन र औंठी लुटपाट गरीएको छ।
स्थानीय समाचार माध्यमका अनुसार ९६ वुसुङ स्ट्रीटमा राति करीव १ बजे २६ वर्षीय नेपाली पुरुषको सुनको चेन र औंठी लुटिएको हो।
हिडिरहेको बेला अचानक आएर उनीमाथि आक्रमण गरी लुटपाट गरिएको जनाइएको छ।
अपराधीले २६०० डलर बराबरको सुनको चेन र १५०० सय डलर बराबरको सुनको औंठी खोसेर भागेपछि पीडितले सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए।
समाचारका अनुसार लुटेरा र पीडित दुबै नेपाली रहेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। प्रहरी १.७ मिटर अग्लो नेपाली संदिग्धको खोजीमा छन्। पीडितले त्यसबेला मापसे गरेको बताइएको छ।
प्यारामेडिक्स टोली आएर घाइते पुरुष पीडितलाई उपचारको लागि अस्पताल लगिएको जनाएको छ।