हङकङमा सोमवार थप ५२ जनामा कोरोना संक्रमणको पुष्टि
हङकङ । हङकङमा सोमवार थप ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।
सोमवारको न्युज ब्रिफिङमा संक्रमितमध्ये ४१ जना स्थानीय र ११ जना आयातीत रहेका छन्। यससंगै हङकङमा कोरोना संक्रमितको संख्या १,५२२ पुगेको छ।
आयातीत संक्रमितहरुमा पाकिस्तान र फिलिपिन्सबाट हङकङ फर्केका रहेका छन् । कोरोना संक्रमितहरुमा १,२१७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। २४१ जनाको उपचार भइरहेको छ। पाँच जना सङ्क्रमितको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा सात जनाको ज्यान गएको छ।
हङकङमा पछिल्लो केही दिन यता लगात्तर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। तिमध्ये अधिकांश स्थानीय संक्रमित विरामी रहेका छन्। केही विरामीको स्रोत पत्ता लगाउन नसक्दा चिन्ता बढ्न थालेको छ। विज्ञहरुले १ जना संक्रमित बिरामीले कम्तीमा चार जनासम्म यो रोग सार्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको छ