हङकङका अमरधन मेमोरियल फाउन्डेसनको पहलमा ४५० थान अक्सिजन सिलिण्डर नेपाललाई सहयोग
युवा राई/हङकङ - हङकङका नेपाली समुदाय आवद्ध अमरधन मेमोरियल फाउन्डेसनको पहलमा ४५० थान अक्सिजन सिलिण्डर र हङकङका स्थानीय अर्बपति सिन होतुङले अमरधन मेमोरियल फाउन्डेसनको सहकार्यमा अक्सिजन सिलिण्डर नेपालका सहयोग गरेका छन्।
नेपालमा दोस्रो लहरको कोरोना भाइरसले नराम्रोसंग प्रभावित नेपालमा अक्सिजनको कमी नहोस् भनेर हङकङ रहेका नेपाली समुदायबाट ४५० थान अक्सिजन सिलिन्डर सहयोग भएको हो।आज हिमालीसंचारसंगको कुराकानीमा अमरधन फाउन्डेसनका संस्थापक तथा गोर्खा एकता ईन्टरनेसनलका अध्यक्ष त्रिलोक गुरुङले विभिन्न संधसंस्था र व्यक्तिहरुबाट सहयोग प्राप्त अक्सिजन सिलिन्डरहरु यसै हप्ता नेपाल पुग्ने जानकारी दिएका छन्।
गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङले आफ्ना मातापिताको सम्झनामा यो फाउन्डेसन विस २०७३ सालमा स्थापना गरेका हुन्। यो फाउन्डेसनले हङकङका नेपाली समुदायको हितका लागि काम गरिरहेको उनको कथन थियो ।
संस्थाका अध्यक्ष गुरुङका अनुसार; ‘हामी नेपालीहरु एक साथ छौं’ भन्ने फाउन्डेसनको आदर्शलाई पछ्याउँदै नेपालमा अक्सिजन पठाउ लागेको हो।’ सो अक्सिजन सिलिन्डरहरु एनआरएनए कोभिड-१९ उच्चस्तरीय कमिटी मार्फत प्रभावित क्षेत्रहरुमा आवश्यकता हेरेर वितरण गरिने समेत जानकारी दिए।
एनआरएनए मार्फत विभिन्न समयमा सहयोग गर्दै आएका गुरुङले थप प्रष्ट पार्दै भन्छन्; यतिखेर नेपाल सरकार, राजनीतिक दलहरुसमेत कोभिड नियन्त्रणमा उदासिन छन्, सरकारले बिदेशमा बस्ने नेपाली श्रमिकहरुलाई उपेक्षा गरेको छ, उनीहरुलाई यसले नैतिक दवाव पनि सिर्जना हुन्छ, हामी असल रिजल्ट निकाल्न चाहान्छौं।’ गुरुङले थप भने नेपालमा गरिएको यो परियोजना सुरुवाती चरणमा मात्रै भएको बताए।
निकट भविष्यमा फाउन्डेसन मार्फत् आईसोलेसन सेन्टर, अक्सिजन व्यवस्थापन, अनुसान्धन केन्द्र, अक्सिजन प्लान्ट निर्माण लगायत मानसिक आघात तनाव निवारण परामर्श केन्द्र जस्ता ठूला परियोजना समेत संचालन गर्ने उदेश्य रहेको अध्यक्ष गुरुङले बताए।