हङकङमा आज कोरोना थप १२३ जना संक्रमित पुष्टि भएको छ

युवा राई, हङकङ। हङकङमा शुक्रवार थप १२३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले शुक्रवारको न्युज ब्रिफिङमा ११५ स्थानीय र ८ जना आयातित गरी १२३ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी छन्। यससंगै हङकङमा कोरोना संक्रमितको संख्या २,३७३ पुगेको छ।

त्यस्तै, आज दिउंसो करीव पौने १ बजे एक ७४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। उनको यूनाइटेड क्रिश्चियन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।