किरात राई यायोक्खा हङकङले रैछाकुलेको प्रतिमाअनवरण ग’यो

युवा राई/हङकङ - किरात राई यायोक्खा हङकङ सुप्तुलुङ मर्मत तथा निर्माण विभागले किराया हङकङको आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरेर प्रतिमाअनवरण  गरेको छ।

किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथि रहेको कार्यक्रममा विभाग संयोजक धिराज कुमार राईको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। किरात राई यायोक्खा नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई विशिष्ट अतिथि रहेको कार्यक्रम सुप्तुलुङ मर्मत तथा निर्माण विभागका कार्यकारी सचिव अधिराज राईले “तेज” संचालन गरेका थिए।

हङकङमा रैछकुलेको प्रतिमा

किरात सभ्यता र परम्परा अनुसार मुन्दुमविद् दल बहादुर राई, मैत्र कुमार राईले मुन्दुम फलाकेर सामुहिक चुलामा पुजा गरेका थिए। आयोजित कार्यक्रममा नक्छो/कुवीले साकेला शीली प्रतिमास्थल वरिपरि शिली नाचेपछि प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र विभाग संयोजकको हातबाट आदिम पूर्खा रैछाकुलेको प्रतिमा एक साथ अनवरण गरिएको थियो।

किरात सभ्यताको आदिम पूर्खा रैछाकुले को हुन ? भन्ने बारेमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशि मदन राईले यसबारेमा आफ्नो मिथक प्रस्तुत गरेका थिए। आयोजित कार्यक्रममा किरात राई यायोक्खा नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, किरात राई यायोक्खा हङकङका संरक्षक सदस्य हेजेन राई, किरात राई यायोक्खा हङकङका प्रमुख सल्लाहकार रजिन राईले किरात राई यायोक्खा हङकङ र किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण बारे आफ्नो धारणा राखेका थिए।

रैछाकुले अनवरण कार्यक्रम

किरात राई यायोक्खा हङकङको पहिलो चरणको योजना अनुसार हिजो एक कार्यक्रमवीच रैछाकुलेको प्रतिमा निर्माण गरी अनावरण  गरिएको हो। अनवरण गरिएको रैछाकुलेको प्रतिमा पूर्ण कदको विशेष धातुले बनाईएको छ। यो प्रतिमाको उचाई करिब ५ फिट रहेको छ। नेपालका चर्चित मुर्तिकार रोजन राईबाट बनाइएको मुर्तिको कुल लागत खर्च १,८७,८०० हङकङ डलर,  ५,९०,०००/- रुपैया रहेको छ। नेपालबाट रैछाकुलेको प्रतिमा निर्माण गरि हङकङमा ल्याईएको हो । यो प्रतिमाको तौल करिब २ सय केजीको रहेको छ।

रैछाकुले अनवरण

किरात राई यायोक्खा हङकङले केन्द्रिय अध्यक्ष दिवस राई, नेपालका चर्चित मुर्तिकार रोजन राईलाई हङकङ आमन्त्रण गरी रैछाकुलेको अनवरण गर्ने कार्यक्रम रहेको भए पनी कोरोना महामारीले उक्त रोकिएको थियो ।

किरात सभ्यताको आदिम पूर्खाको रैछाकुले’लाई राईहरुको आ-आफ्नो भाषा अनुरुप फरक नाम चिन्ने गरिन्छ। यसलाई खक्चुलुप्पा, खोक्चिलिप्पा, हेत्छाकुप्पा, खोक्चिलिप, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा,  हेत्छाकुवा, कक्तिसाला भूगोल र भाषिक राई समुदायले आदि नामले चिन्ने गरिन्छ । यो समग्रमा “माईती” हो ।