हङकङ । हङकङस्थित दूतावास “ कन्सुलेट जनरल” हङकङले फेसबुक पेज मार्फत कोरोना भाइरस (कोभिड १९) महामारीले नेपाली समुदायको विभिन्न अप्ठ्यारो परिस्थितिमा सिधा सम्पर्कका लागि व्यक्तिगत विवरण तंथ्याङ संकलनका लागि अपील गरेको छ।
महावाणिजदूत कमल प्रसाद भट्टराईका अनुसार “समान्य व्यक्तिगत विवरण मागिएको छ, नेपाली समुदाय संग सिधा सम्पर्कका लागि सहज होस भन्ने उदेश्यले” व्याक्तिगत विवरण अनुरोध गरेका हौ।
नेपाली दूतावास हङकङको वेवसाइटमा आफ्नो व्यक्तिगत विवरण अनलाइन मार्फत दर्ता गर्न सकिने छ।
आफ्नो विवरण दर्ता कसरी गर्ने?
• सबैभन्दा पहिलो महावाणिज्य दूतावासको https://hkg.nepalconsulate.gov.np/ प्रवेश गर्ने।
• साइट खोलेपछि दूतावासको सूचना डिस्प्ले हुन्छ, त्यसलाई क्लोज गर्ने।
• त्यसपछि साइटको माथिल्लो भागमा निलो अक्षरमा (Emergency Registration) भन्ने डिस्प्ले देखिन्छ, त्यसलाई क्लिक गर्ने।
• त्यसपछि व्यक्तिगत विवरण भर्नुपर्ने फाराम उपलब्ध हुनेछ, त्यही अनुसार विवरण भरेर आफ्नो विवरण (submit) मा क्लिक गर्ने। त्यसपछि तपाईंको व्यक्तिगत विवरण जनरल कन्सुलेट हङकङका कार्यालयमा पुग्ने छ।
यदि फारम भर्न तपाई दोधारमा पर्नु भयो भने दूतावासको सम्पर्क नम्बरमा २३६९ ७८१३ / ९८७९ ५७५० सम्पर्क गरी विवरण भर्न सकिने नेपाली दुतावास हङकङले अनुरोध गरेको छ।