
युवा राई हङकङ, १८ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्।
यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५९ पुगेको छआयातित सङ्क्रमितमा अमेरिकाबाट आएका ७५ वर्षीय पुरुष र बंगलादेशबाट आएकी २५ वर्षीया महिला रहेकी छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित २९ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।