
युवा राई, हङकङ, १ जुलाई। पौडी खेल्ने क्रममा डुबेर एक जना भारतीय पुरुषको विहीवार दिउंसो मृत्यु भएको छ।
लान ताउस्थित पुई ओ बिचमा पौडी खेल्ने क्रममा अन्दाजी ५० देखि ६० वर्ष उमेरका भारतीय पुरुषको मृत्यु भएको स्थानीय समाचार माध्यममले जनाएको छ।
दिउंसो करीब पौने १ बजेतिर श्रीमान बेपत्ता भएको थाहा पाएपछि श्रीमतिले प्रहरीलाई खबर गरेकी थिइन्।
मरिन प्रहरी र फायरफाइटर्सको टिमले बेपत्ता भारतीय नीगरिकलाई ३ बजेमात्र फेला परेका थिए। तत्काल उद्धार गरेर अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषित गरेकोथियो ।
कोरोना महामारीका कारण हङकङमा हाल केवल १७ वटा बिच (समुद्र तट)मा पौडी खेल्नलाई व्यवस्थित पारिएको छ। तर, पुई ओ बिच त्यस सूचीमा सूचीबद्ध नभएको पाइएको छ।