
युवा राई हङकङ, २० जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार ७ आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९६६ पुगेको छ। यद्यपि, स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा रहेको छआयातित सङ्क्रमितमा अमेरिका, बंगलादेश, जापान, फ्रान्स र इरानबाट आएका रहेका छन्।

यसैबीच, दोहाबाट जुलाई १८ मा आएको कतार एयरवेजको उडान क्यूआर QR818 मा ४ जना यात्रुमा कोरोना पोजेटिभ फेला परेपछि हङकङ सरकारले आजदेखि दोहाबाट आउने एयरलाइन्सको यात्रु उडान अगष्ट २ तारिखसम्म रोकिदिएको छ।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित २५ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।