हङ्कङमा डियुटिमा रहेका प्रहरी माथी आक्रमण साथै आक्रमणकारीले आफैले पनि आत्मघाती आक्रमण गरेका छन्।

युवा राई,हङकङ । कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरीमाथि विहीवार राति आक्रमण भएको छ। आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरीको बाँया काँधमा गम्भीर चोट लागेको थियो ।अहिले घाइते प्रहरीको क्वीन मेरी अस्पतालमा उपचार  भइरहेको छ।

आक्रमणकारीले आफैले पनि आत्मघाती आक्रमण गरेका छन्। आफ्नै छातीमा छुरा प्रहार गरेका उनी गम्भीर अबस्थामा पक्राउ परेका थिए। छातीमा गम्भीर चोट लागेका ५० वर्षीय आक्रमणकारीको रतनजी अस्पतालमा करीव सवा ११ बजे  मृत्यु भएको थियो ।

जुलाई १ तारिख हङकङको स्थापना दिवसको दिन विभिन्न ठाउंमा सरकार विरोधी प्रदर्शन हुंदा कजवे बेमा प्रहरीमाथि छुरा प्रहार भएको हो। प्रहरीले कजवे बे, टिन हाउ, मङ कोक र वोङ ताई सिनबाट कम्तीमा १९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।