
युवा राई हङकङ : हाईकिङ गएकी २३ वर्षीया नेपाली युवतीको शनिवार साँझ मृत्यु भएको छ। चुन वानस्थित Chiu Tam Path, Tso Kung Tam मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको समाचारमा जनाएको छ मृत्यु हुनेमा २३ वर्षीया नेपाली युवती बिनिता गुरुङ (नेह) रहेकी छन्।

दुई जना केटी साथी मिलेर हाईकिङ जाँदा एक जनाले साथी बेपत्ता भएपछि प्रहरीलाई करीव ६ बजे उद्धारको लागि खबर गरेकी थिइन न्खबर पाउन साथ त्यहाँ पुगेको उद्धारकर्मीले वेपत्ता भएकी बिनितालाई अचेत अवस्थामा पानीमुनी फेला पारेका थिए। उनलाई प्राथमिक

उपचारसहित तत्कालै एम्बुलेन्समा हालेर यान चाई अस्पताल लगिएको थियो। चिकित्सकले बिनितालाई अस्पतालमा मृत घोषित गरिएको होपछिल्लो समय हङकङमा हाईकिङ गएका पैदलयात्रीहरुको पौडी खेल्ने

क्रममा डुबेर, चिप्लेर वा प्रचण्ड गर्मीका कारण मृत्यु हुने गरेका छन्। कतिको दिनौंसम्म हराएर बेपत्ता भएका घटना घटिरहेका छन्।

