ईलाका र सिमा प्रशासन कार्यालय प्रमुख विहीन
सोलुखुम्बु – ग्रामिण भेगमा जिल्ला प्रशासनका सेवा प्रवाहका लागि स्थापना गरिएका दुई ईलाका तथा सिमा प्रशासन कार्यलय प्रमुख विहीन बनेको छन् ।
कोशी पारिको नागरिकलाई सेवा प्रवाहका लागि स्थापना गरिएको ईलाका प्रशासन कार्यालय सोताङ र खुम्बु क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको सिमा प्रशासन कार्यालय नाम्चे कार्यालय प्रमुख विहीन बनेका हुन् । ईलाका प्रशासन सोताङबाट तत्कालीन प्रमुख विनोद गौतम बढुवा भएर गत बैशाखामा काठमाण्डौ गएपछि अहिले सम्म कर्मचारी व्यवस्था भएको छैन् ।
अहिले कार्यालयमा अन्य कर्मचारी भएपनि नागरिकता र राहादान बनाउने व्यक्ति छैनन् । नागरिकता बनाउन पुग्ने सेवाग्राही रित्तोहात फर्किन बाध्य छन् । नागरिकहरु हजारौ रुपैया खर्च गरि सदरमुकाम नागरिकता तथा राहादानी बनाउन आउने गरेको लेखापाल तिलक राईले बताए । सिमा प्रशासन नाम्चे पनि माघ महिना देखि कार्यालय प्रमुख विहिन रहेको छ ।
अहिले खुम्बुका नागरिकले पनि समस्या भोग्दै आएका छन् । यता प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले ईलाका प्रशासन कार्यालयमा कर्मचारी ल्याउने तयारी भईरहेको बताएका छन् । खुम्बुमा भने कर्मचारी पोष्टिङ भईसकेपनि आउँन कार्यालय हाजिर हुन बाँकी रहेको बताए । असार भित्रमा कर्मचारीको व्यवस्थापन भईसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।