ईन्द्रावती गाउँपालिका-२ श्री महेन्द्र मावि ले छ लाख पचास हजारकाे सामान प्रप्त गरे

सिन्धुपाल्चोक ।। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आज विज्ञान प्रयाेगशालाका सामानहरू श्री महेन्द्र मा.वि. कुञ्चाेकले प्राप्त गरेकाे छ । ईन्द्रावती गाउँपालिका वडानम्बर -२ मा रहेकाे महेन्द्र मा वि मा रू ६,५०,०००/ (छ लाख पचासहजार ) रूपैया बराबरकाे सामान उपलब्ध भएकाे विद्यालयकाे प्रधानध्यापक सपना दंगालले बताउनु भयाे ।

याे सामान प्राप्त भएसंगै विद्यालयलाई आधुनिक प्रविद्धिबाट शिक्षा दिन सहज हुने र विद्यालयलाई प्रविधिमैत्री बनाउन थप सहयाेग पुगेकाे विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर सुनारले बताउनु भयाे । सुनारले अध्यक्ष हुनु अगाडिदेखिनै शिक्षामा गुणस्तरियता, आर्थिकमा पार्दशिता, प्रशाशनलाई जबाफदेहि बनाउनुका सथै प्रविधि मैत्री विद्यालय बनाउने सपना बाढ्दै आएका थिए । उनले विब्यस काे नेतृत्व लिएदेखि यस कुरामा निरन्तर जोड गर्दै आएका छन् । उनले विद्यालयमा ईन्टरनेट जडान देखि कम्प्युटर कक्षा संचालन समेत गराईसकेका छन् ।

विद्यालयमा नयाँ भबन निर्माण कार्य भईरहेकाले केहि प्राबिधिक समस्या भएपनि अब चाडैं समाधान र सहज हुने धैरैले अपेक्षा गरेका छन् । नयाँ समिति बनेदेखिनै नयाँ काम र नयाँ प्रणालिकाे विकास भईरहेकाले हाम्रो विद्यालय हर हिसाबले राम्रो हुनेछ भन्नेमा हामी विस्वस्त छाैं कक्षा -१० मा अध्यनरत विद्यार्थी विकास तामाङ ले बताए । उनले थपे याे जेनेरेसेनका सबैकाे भाबनाकाे कदर गर्नसक्ने, एउटा कुशल, शिक्षित अध्यक्ष र अब्बल टिम छ यसबाट पनि विद्यालयमा सुधार नभए अरूबाट के अपेक्षा गर्न सकिन्छ ? विद्यालय सबै हिसाबले सबल हुने कुरामा आम विद्यार्थी, अभिभावक र कुञ्चाेक बासी विस्वस्त देखिन्छन् ।