इजरायलले गाजामा गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका एक क्यामराम्यानकाे ज्यान गयो
इजरायलले गाजामा गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका एक क्यामराम्यानकाे ज्यान गएको छ ।
गाजा सहरको एक स्कुलमा इजरायली हमलाबारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाको आक्रमणबाट अल जजिराका क्यामराम्यान समर अबू दक्काको ज्यान गएको हो ।
हिजो भएको आक्रमणमा अल जजिराकै गाजा संवाददाता घाइते भएका छन् । रिपोर्टिङकै क्रममा ड्रोनबाट आक्रमणको घटना भएको अल जजिराको खबरमा उल्लेख छ । इजरायली सेनाले घटनाबारे प्रतिक्रिया दिएको छैन । घाइते पत्रकार वायल अल दहदौकी श्रीमती, छोरा र छोरीकासाथै नातिको गएको अक्टोबरमा भएको आक्रमणमा ज्यान गएको थियो ।
मिडिया वकालत समूह रिपोटर्स विदाउट बोडर्स (आरएसएफ) अस्ति बिहीवार मात्रै अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध शुरु भएपछि मध्यपूर्वमा ६३ पत्रकार मारिएको र यसमा १७ जना मात्रै आरएसएफको परिभाषामा परेका जनाएको थियो ।
आरएसएफका अनुसार अक्टोबर ७ पछि मध्यपूर्वमा आफ्नो पेसा निर्वाह गर्ने क्रममा मारिएका १७ पत्रकारमध्ये १३ गाजामा इजरायलको आक्रमणमा, तीन लेबनानमा र एक जना हमासद्वारा इजरायलमा मारिएका हुन्।