इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोली घोषणा
काठमाडौं । श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपालको टोलीमा युवा ब्याटर देव खनाल देखी स्पिनर सूर्य तामाङ सम्मका युवा खेलाडीले पूनरागमन गरेका छन् ।
रोहितको कप्तानीमा घोषणा टोलीमा नेपालले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र करण केसीलाई विश्राम दिएको छ । १६ सदस्य टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनाल खनालले टोलीमा पूनरागमन गरेका छन् ।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टि २० क्यानडाको कारण टोलीमा छैनन् । करण र ज्ञानेन्द्रलाई विश्राम दिने निर्णय लिएको छ । नेपालले विश्वकप छनोटबाट चार खेलाडी परिवर्तन गरेको छ ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ‘ए’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू-२३ को टोली आउने छन् । एसिएट टोलीले भने आफ्नो पहिलो रोजाईका खेलाडी पठाउनेछन् ।
नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।
को-को छन् नेपालको टोलीमा ?
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी., ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।