इतिहास मै अमेरिकाले ठुलो राहत प्याकेज बाढदै

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरेना भाइरसके नयाँ इपिसेन्टर अमेरिका हुने चेतावनी दिएको केही समयपछि अमेरिकी सिनेटले २ ट्रिलियन डलरको राहत प्याकेजमा सहमति जनाएको छ।

अमेरिकी इतिहासमै यो प्याकेजलाई सबैभन्दा ठूलो भनिएको छ। रिपब्लिकन र डेमोक्रेटबीच सहमतिपछि सिनेटबाट सो प्याकेज पारित भएको जनाइएको छ। प्याकेजले कोराना भाइरसबाट प्रभावित युवा र साना व्यापारीलाई सहयोग गर्ने, मेडिकल उपकरणमा खर्च गर्ने लगायतका व्यवस्था गरेको जनाइएको छ।

अमेरिकामा बुधबारसम्म ८०२ जनाको कोरेनाका कारण मृत्यु भएको छ भने ५५,२२५ जना संक्रमित भएका छन ।
अमेरिकामा हालसम्म जम्मा ८० हजारभन्दा धेरैको परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये धेरैको रिपोर्ट पोजेटिभ आएको छ।