गायक जगदीश समाल “बुलबुल” प्रत्यक्ष साँगीतिक कार्यक्रम लिएर कोलोराडोको डेन्भर आउँदै।
✍️गौतम सागर राई,कोलोराडो अमेरिका।ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको आयोजनामा यही फेब्रुवरी १५ शनिबार लोकप्रिय गायक जगदीश समालको बुलबुल एकल साँगीतिक साँझ हुने भएकोछ।
Denver Art Suseum 100 W 14 th Ave Pkway Denver Colorado हुन लागेको कार्यक्रममा प्रवेशको लागी प्रति ब्यक्ति $५०डोलार र बिघार्थीहरुको लागी प्रति ब्यक्ति $२०डोलार तोकिएकोछ।साँझ ५ बजे मुख्य ढोका खोलिनेछ भने ६ बजे पछी साँगितिक कार्यक्रम सुरु हुनेछ।
म त मर्छु क्यारे, आ ओ यादहरु, तिमी म संग भईदिए, किन आउँछ तिम्रो याद, आधा उमेर निन्द्रैमा बित्यो, काँडा हो माया,गायक समालका यस्तै दर्जनौ लोक प्रिय गीतहरु प्रत्येक्ष सुन्न पाईनेछ।
गायक जगदीश समाललाई प्रत्यक साँगीतिक साँझमा बाध्यबादनमा साथ दिदै छन बासुरीमा सर्बजित राई,तबलामा मदन रसाईली,किबोर्टमा गणेश गजमेर साथै गायिका सम्झना पाण्डेको पनि केही प्रस्तुति रहनेछ।
यती बेला गायक समाल अमेरिकाको धेरै राज्यहरुमा "बुलबुल" साँगीतिक कार्यक्रम लिएर आफ्नो दर्शक स्रोताहरुलाई मनोरंजन गराईरहेका छन।यही फेब्रवरी १५ मा कोलोराडोको डेन्भरमा हुन गईरहेको कार्यक्रमको तयारी द्रुत गतिमा भईरहेको र उक्त कार्यक्रम भब्य र सब्य हुने आयोजक कमिटीका प्रतिनिधी मणि खालिङ र बिर्ख गुरुङले हाम्रो आवाज न्यूज संग जान्कारी गराए ।