
कविता -
“जाली माकुरो”
यसरी फैलियो कि
माकुरोको जालो
चौतर्फी षड्यान्त्रको
बिशक्त बिष बोकेर
च्यात्नु छ षड्यान्त्रको
कालो जालो
र निकाल्नु छ
निर्दोष पुतलीहरु
सताब्दी पुर्व
बुनिएको जालोबाट
प्राकृतिक रंगले
चिटिक्क देखिएकी
सिम्माको मुहारमा
सुर्यको मुस्कान !
आहा !
कत्ति सुहाएकी ?
बेदाग मुहार !
आगानको डिलमा
फूलेको सायपत्री
फूलको थुङ्गा
चुमेर गएकी पुतलीलाई
के सोचेर हेरीन एकनास
सिम्माले?
पुतली बनेर
आएको हुन पर्छ पुर्खा !
कतै पुर्खाले पनि
नियतीको जालोमा
बेरिएर जिन्दगी
तिलाञ्जलि त दिएनन्?
पुतली बनेर फेरी
उही जालोमा पर्ने त होईन?
सिम्माको निर्दोषपन
स्वयम् पुतलीसंग
मिल्दो जुल्दो छ ।
फेरी सिम्माहरुले
पुतली बन्नु भएन
पुतलीहरुको अस्तित्व
माकुराहरुले सक्नु भएन
नियाल्नु छ भने टाढै बसेर
नियाल्नु !
बुनिएको
कलात्मक जालो
छुने दुश्साहस नगर्नु
त्यहाँ जालो छ
बुझ्नु जो नजिक
पुतली स्वयमले ।
✍️ सुनिल दिप्त राई
सोलुखुम्बु हाल -दक्षिण कोरिया ।