जगदिशले कस्लाई भने, ‘तिमी फूल हौ’ (भिडियो)

काठमाण्डौँ – प्रियजन राईको निर्देशनमा निर्माण गरिएको गीत ‘तिमी फूल हौ’को भिडियोमा विनय गिरी र रुषा न्यौपानेले रामान्स गरेका छन् ।


दिपक बस्नेतको गीत, बलराम समालको संगीत र संगीत संयोजनमा जगदिश समालले स्वर दिएको गीतलाई दिपक बस्नेतको यूटुव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।


दिपश एसकेको कोरियोग्राफी रहेको भिडियोका कन्सेप्ट साईटर रवि दोङ हुन् । मोहन कुमार झिल्लुले क्यामरा चलाएका हुन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।


गीतमा प्रेमीले आफ्नी प्रेमिकालाई विभिन्न उपमा दिएर बयान गरेको भाव भेट्न सकिन्छ ।