झापाकाे भद्रपुरमा हात्ती मृतावस्थामा फेला
झापा - भद्रपुर नगरपालिका–२ काे रामपोखरी सामुदायिक वनमा रहेकाे कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।
डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे जानकारी दिनुभयाे ।
हात्ती मरेकाे वा मारिएकाे भन्नेबारे अनुसन्धान भइरहेकाे गिरीले बताउनु भयाे ।