झापाली समाज कुवेतले पाँचौ महाधिवेशन गर्दैं, कुवेतमा कार्यरत सम्पूर्णलाई उपस्थितिको लागि आह्वान
माघ-१८, बिहिबार/कुवेत - कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ०८ मार्च २०२४ शुक्रवारको दिन कवडमा पाँचौ महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।
“हाम्रो एकता विकासका लागि” भन्ने मुल नारा लिएर सन् २०१३ सालमा स्थापित झापाली समाज कुवेतले समाजलाई निरन्तरता दिदै १२ जनवारी २०२४ शुक्रबारको दिन कुवेतको फेन्तास स्थित पार्कमा समाजका अध्यक्ष गोबिन्दप्रसाद तिम्सिनाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो पाँचौ महाअधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
पूर्वाञ्चलको झापा गृह जिल्ला तथा नेपालका विभिन्न ठाउँहरुमा सक्रिय रुपमा दिन दुखी, पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले आगामी ०८ मार्चबाट नयाँ कार्यसमिति पाउने भएको हो ।
उक्त महाधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थिति भइ दिनु हुन लागि समेत समाजका अध्यक्ष तिमिल्सिनाले अनुरोध समेत गरेको छ ।