
नयाँ दिल्ली। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् ।दिल्लीको अपोलो अस्पतालमा भर्ना भएका छन् भने आजै भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भेटेका छन् । भेटपछि सामाजिक सञ्जालमार्फत आचार्यले खनाल स्वास्थ्य परीक्षण एवम् उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा भर्ना भएको भन्दै शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
खनालसँगै उनकी धर्मपत्नी रवि लक्ष्मी चित्रकारपनि सँगै दिल्ली गएकी छिन् । केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।