प्राकृतिक सौन्दर्यको लहरासंगै तीनधारे झरना (फोटो फिचर)

सामाजिक सञ्जालमा बहुबली झरनाको नामले प्रसिद्ध तीनधारे झरना धेरै चर्चित सुन्दर झरना हो। मनै लोभ्याउने झरनाले धेरैको मन तानेको छ। अहिलेा युवापुस्ता त्यहाँ पुगेर रमाइलो गरेको तस्वीरहरु फेसवुक, इन्स्टाग्राममा राख्न पाउदा दङ्ग पर्ने गरेको पनि पाइन्छ ।

काभ्रेपलाञ्चोक जिल्लको रोशी गाउँपालिका – २ काफलडाँडामा अवस्थित तीनधारे झरनामा अहिले बनेपा, धुलिखेल, काठमाडौ, भक्तपुरदेखि मानिस जाने गरेको पाइन्छ । करिब तीन सय मिटर उचाइबाट झर्ने पानीको बहाव आकर्षक देखिन्छ ।

काठमाडौंबाट करिब ६० किलोमिटरको दूरीमा पर्ने सो झरना धुलिखेलबाट भने ३० किलोमिटर दूरीमा पुग्न सकिन्छ । बिहान सबेरैदेखि काठमाडौबाट भक्तपुर, बनेपा, धुलिखेल हुदै सिन्धुलीको बर्दीबासको बाटो हँदै नमो बुद्ध, दाप्चा, जरुवा खोलाको यात्रा पछि काफल डाँडाबाट एक घण्टाको हिडाँइ पश्चात झरनाको गन्तब्यमा पुग्न सकिन्छ।

तीनधारे झरना संयोजक समितिका अध्यक्ष विरबहादुर मगरले भन्नुभयो, “यो झरना पहिलेदेखि नै थियो तर कसैको आँखा नपुगेकोले ओझेलमा परिरहेको थियो। उहाँले विगत एक महिना देखिमात्र सो झरना लोकप्रिय भएको जानकारी दिदै माघ को २१ गते केही ब्यक्तिले ड्रोनबाट फोटो खिचेपछि चर्चामा आएको बताए। झरना वरपर ३२ घर रहेको बताउँदै उहाँले थप्नुभयो, स्थानीयको श्रमदानले चिप्लो बाटो केही मर्मत गर्न लागि परेका छौं ।

झरना हेर्न आउने पर्यटकलाई बाटोको कारण धेरै समस्या भएको गुनासो पछि स्थानीय र गाउँपालीको पहलमा दुङ्गा ओछ्याउने कार्य शुरु भएको जानकारी दिनुभयो ।अध्यक्ष मगरले झरना संरक्षणको लागि गाउँपालिकाबाट पाँच लाखको बजेट छुट्याइएको प्रष्ट पार्नुभयो । पर्यटक झरनाबाट खसेर दुर्घटना नपरुन भने भनेर रेलिङ बार लगाउने कार्य भएको पनि बताउनुभयो ।

उहाँले गाउँ पालिकाबाटै बाटोको लागि दश लाख रुपियाँ बजेट दिने प्रष्टपार्दै प्रदेशबाट पनि बजेट आउने जानकारी दिनुभयो छ । स्थानीय राममाया मगरले यो झरना हाम्रो लागि नौलो नभए पनि बाहिरबाट आउनेका लागि भने आकर्षक भएको जानकारी दिनुयभो ।

उहाँको अनुसार यो झरनामा मानिसको आवागमन ह्वात्तै बढेको छ । झरनामा गत दुई महिनायता मानिसको चाप ह्वात्तै बढेको हो । यो झरना प्राकृतिक आकारमै रहे पनि पछिल्लो समय यसले आफ्नो धार बदलेर आकर्षक रूप धारण गरेपछि थप मनमोहक देखिएको अध्यक्ष मगर बताउँनुभयो ।