अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित ।

✍हाम्रो आवाज न्युज डटकम- अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो।

तर बाहवाला राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।