जो बाइडेन र कमला ह्यारिस जर्जियाको चुनावमा संगै ।
श्रोत-एबिसी न्युज । भोलि जनवरी ५ मंगलबार जर्जियामा हुने निर्वाचनको लागि निर्वाचित राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिस जर्जिया पुगेका छन् । भोली हुने सिनेटर पदका लागि डेमोक्रेटिक दलका दुई उम्मेदवारको लागि मतदातासंग मतदान मागी महत्वपूर्ण निर्वाचनमा उनीहरुलाई जिताउन आग्रह गरेका छन ।पूर्व योजना अनुसार गत आइतबार र आज सोमबार बाइडेन र ह्यारिस आउने खबरले डेमोक्रेटिक दलका उम्मेदवार तथा मतदातामा एक प्रकारको उर्जा र उत्प्रेरित भएका छन् ।
बाइडेनले सिनेटमा “यदि तपाईं जोन (ओसफ) र राफेल वार्नकलाई वाशिंगटनमा पठाउनु हुन्छ भने उक्त दुई हजार डलरको चेक ढोका बाहिर जान्छ अर्थात् अमेरिकी जनताले पाउने बताए ।तर रिपब्लिकनका डेभिड पर्डु र केली लोफलरलाई फेरि वाशिंगटन पठाउनुभयो भने ती चेकहरू त्यहाँ कहिले पनि प्राप्त हुँदैन। यो एकदम सरल हो शाब्दिक रूपमा तपाईको हातमा छ।” भनि मतदातालाई ध्यानाकर्षण गराए ।
उनले दुवै डेमोक्रेटिकका दुई उम्मेदवारहरुको प्रशंसा गरे । बाइडेनले ओसफ र वार्नकको बारेमा “उनीहरू प्रतिभाशाली छन्, उनीहरु सिद्धान्तवान छन्, उनीहरु योग्य छन्, उनीहरु भलादमी छन्, उनीहरु सम्माननीय छन्” ।उपराष्ट्रपति ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको आग्रहले जर्जियाका सचिव ब्राड राफेन्सपेरलाई चुनावी नतिजा उल्टाउन गरेको प्रयास बिषयमा चर्को आवाज पार्दै ट्रम्पले शक्तिको दुरुप्रयोग गरेको बताइन ।
हालसम्म ३० लाखले अग्रिम रुपमा मतदान गरिसकेका छन् । दुई वटा सिनेट पदको लागि दुवै दलले व्यापक अर्थ खर्च गरि रहेका छन् । यदि सिनेटमा बहुमत र बाइडेनका योजनाहरु सरल रुपमा सफलतापूर्वक कार्यकाल चलाउने हो भने कंग्रेसमा पारित गर्न डेमोक्र्याटिकले दुवै स्थानमा बिजयी हुन जरुरी छ ।यता राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्स पनि जुलुसमा सहभागी भएका छन् र सम्बोधन गरेका छन् ।
अत्यधिक खर्चालु रहेको यो निर्वाचन रिपब्लिकन र डेमोक्र्याटको लागि त्यतिकै महत्वपूर्ण रहेको छ । जसरी भए पनि चुनाव दुईदलको लागि जित्नै पर्ने भएको छ । हाल सम्म कूल ३० लाख १ हजार १७ मत खसि सकेको छ ।जस मध्ये ९ लाख २८ हजार ६९ मत अनुपस्थित मतपत्र हुलाकबाट आई सकेको छ भने २ लाख ७२ हजार ९ सय ४८ स्वयम् मतदाताले मतदान गरेका हुन् ।सिनेटर डेविड परड्यु र थोमस जोनाथन ओस्सोफ़ र रिपब्लिकनका सिनेटर केली लोफ़र र राफेल वार्नक बीच अत्यन्तै प्रतिश्प्रद्धा देखिएको छ । कसले बाजी मार्ने हो भन्ने सबैको ध्यान जर्जियाको चुनावमा केन्द्रित छ ।