✍हाम्रो आवाज न्युज डटकम- अमेरिकी राष्ट्रपति चुनावको परिनाम आउदै गर्दा जो बाइडेनले जित्ने निश्चित भएको छ । ब्याटलग्राउण्ड राज्य मिसिगनमा बाइडेनले जीत हात पारेका छन् । यो जीत संगै बाइडेनले राष्ट्रपति चुनाव जित्ने भएका हुन । बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत पुगेको छ । यस्तै नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।
त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ ।
उता पेन्सिलभेनियामा हुलाकमार्फत प्राप्त मतहरु गणना भइरहेको छ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्नुपर्नेछ । त्यसैले अन्तिम घोषणा त्यतीबेलासम्म नहुने देखिएको छ । अहिले नर्थ क्यरोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेको छ ।