जो बाइडेनले अमेरिका पहिले कै अबस्थामा आएको घोषणा गरे ।

श्रोत-सिएनएन । ४६ औ राष्ट्रपति जो बाइडेनले अमेरिका पहिले कै स्थितिमा आएको घोषणा गरेका छन् । साथै उनले अमेरिकी विदेश नीति मध्य बिन्दुमा पहिले कै अवस्थामा आएको घोषणा गरे।भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिश्व जगतमा अमेरिकी सम्बन्ध बिगारेका र अमेरिकी छबि निकै तल झरेकोले त्यसलाई पहिलेकै अवस्थामा ल्याउनको लागि उनले उक्त घोषणा गरेका हुन् ।उनले अमेरिका इज ब्याक एगेन र डिप्लोमेसी इज ब्याक एट द सेन्टर भन्दै विदेश नीतिमा ध्यानाकर्षण गराए ।

उनले भने कि यमनमा सउदी अरेबियाको आपत्तिजनक अभियानका लागि अमेरिकाले सबै समर्थन समाप्त गर्ने छ र उनले घोषणा गरेका धेरै परिवर्तन मध्ये एउटा हो। सपथ ग्रहण गरेदेखि उनको पहिलो प्रमुख विदेश नीति हो ।उनले अमेरिकाको विदेश नीति अनुसार जर्मनीबाट सैनिकहरुको पुनः स्थापनालाई बन्द गर्ने ,अमेरिकामा शरणार्थीहरूको लागि सीमा वृद्धि गर्ने र विश्वव्यापी रूपमा एलजिबिटिक्यु समुदायको बिश्वब्यापी अधिकारको लागि अमेरिकी समर्थन हुने बताए ।

विश्वसँग मूल्यवान् नेतृत्वको सहभागिताको आह्वानमा बाइडेनले जोड दिएका थिए । यस समयका विश्वव्यापी चुनौतिहरू, “अगाडि बढेको तानाशाहीवाद” सामना गर्नुपर्ने आवश्यकतालाई पनि “मिलेर काम गर्ने राष्ट्रहरूले मात्र समाधान गर्ने छन्।” भनि उनले उक्त कुरामा जोड दिए ।“हामी यो एक्लै गर्न सक्दैनौं। हामीले कूटनीति अमेरिकाबाट पाएको प्रजातान्त्रिक मुल्यमा आधारित हुनुपर्दछ।” बाइडेनले भने। “स्वतन्त्रताको रक्षा गर्दै,सर्वव्यापी अधिकारहरूको समर्थन गर्ने ,कानूनको शासनको सम्मान गर्ने र प्रत्येक व्यक्तिलाई मर्यादाको साथ व्यवहार गर्ने।