
इटहरी - पूर्वाञ्चलमा पहिलो पटक आयोजना गरिएको रमपम पूर्वेली म्युजिक अवार्ड विभिन्न २२ विधामा प्रदान गरेका विधामध्ये गायक तर्फ गायक केशव राईको “जुनेली माया” २०७७ उत्कृष्ट घोषित भए संगै गायक केशव राईले सम्पूर्ण श्रेय दर्शक श्रोतालाई दिदै सम्पूर्णमा आभार ब्यक्त गरेका छन्।
गायक राई लामो समयदेखि प्रदेशी भूमि मकाउमा रहेका छन्। मकाउमा बसेर नेपाली गीत संगीतका क्षेत्रमा योगदान पुर्याउदै आएका राईको “जुनेली माया” रमपम पूर्वेली म्युजिक अवार्ड २०७७ उत्कृष्ट घोषित भएका थिए। राईका धेरै गीतहरु मध्ये “जुनेली माया” गीतले बर्षको उत्कृष्ट अवार्ड प्राप्त गरेको हो।
गायक राईले जीवनको अविस्मरणीय क्षणहरु मध्ये दर्शक श्रोताको अपार माया, सपोर्ट र हौसला नै “जुनेली माया” गीत उत्कृष्ट बनाई दिएका हुनाले विशेष क्षण मध्येका महत्वपूर्ण अविस्मरणीय क्षण सम्झिदै हाम्रो आवाजसंगको कुराकानीमा गायक राईले दर्शक श्रोता प्रति हार्दिक आभार ब्याक्त समेत गरेका हुन्।

गायक राई लामो समयदेखि मकाउमा रहेका छन्। प्रदेशी भूमिमा बसेर नेपाली गीतसंगीत प्रतिको लगाव, झुकाव र निरन्तरताले यो सफलता प्राप्त भएको हो। गायक राई मकाउमा रहेका कारण आयोजित कार्यक्रममा सहभागी हुन सकेनन्। गायक राईको प्राप्त अवार्ड र प्रमाणपत्र गायक राईकी आमाले ग्रहण गर्नु भएको थियो । राईले जीवनका महत्वपूर्ण जनअनुमोदित अवार्ड पुज्यनीय श्रद्धेय माताको हातबाट ग्रहण गर्न पाउदा खुशी ब्याक्त गरेका छन्।

गायक राईले शब्द/संगीतकार जीवी हाङ राई, ऐरेन्जर कृष्ण भक्त राई, गायिका श्रेयसी चेम्जोङ, यस कार्यक्रममा सहभागिताका लागि दरखास्ता फारम भरिदिन विशेष सहयोग गर्नु हुने गायिका मेनुका राई, आयोजक, पत्रकार र विशेष धन्याबाद दर्शक श्रोता प्रति हार्दिक आभार ब्याक्त गरेका छन् । कार्यक्रम पूर्वको इटहरी शहरको होटल बरण्डामा सम्पन्न भएको थियो।
म्युजिक भिडियो यहाँ हेर्नुस्