
✍हाम्रो आवाज न्युज डटकम - धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको आवाजमा रहेको “सयपत्री फुल्यो, मखमली फुल्यो” देउसी गीत म्युजिक भिडियो सहित सार्वजानिक भएकोछ । २०७३ साल देखी रेकर्डिङको हिसाबले सांगीतिक क्षेत्रमा लागेकी गायिका खालिङले तीन दर्जन भन्दा बढी पुर्बेली ,आधुनिक गीतहरुमा स्वर भरिसकेकी छिन ।
यस देउसी गीतमा शब्द बसन्त लिम्बु “सम्भु” संगीत कृष्णकुमार राई र एरेन्ज मनोज साङसोन राईको साथै स्वर स्यम जेनी खालिङको रहेकोछ ।युजिक भिडियोको छायांकन, सम्पादन राज बान्तावा राईले गरेका हुन्।
भिडियोमा आफ्नै तिन दिदि बहिनी भाईको साथ जुनी खालिङ राई, जीवन खालिङ, रिता खालिङ , सुरज खालिङ,र अन्य साथिहरुको साथमा विशेष अभिनय रहेको यस भिडियोको निर्देशन गायिका जुनी खालिङ राईले नै गरेकी छिन । यस गीत लाई जुनी खालिङ राईको अफिसियल युटुब च्यानल बाट सार्बजानिक गरिएको छ ।
भिडियो लिंक यहाँ क्लिक गर्नु होला ।