
काठमाण्डौ। धनकुटाकी जुनी खालिङ राईको लोकप्रिय आवाजमा “यो नजरमा, त्यो नजर ...” जस्ता गीतबाट लकडाउनको समयमा फेसबुक लाइभ हजारौ दर्शक श्रोताले मन पराए।
सरकारले धोषणा गरेको लकडाउनका कारण नेपाली जनता धरबाहिर निस्कन प्रतिबन्ध गरिएको छ। लोकप्रिय गायक, गायिका, कलाकार देखि सर्वसाधारण धर भित्रै रहेका छन्।
पूर्वेली गायिका जुनी खालिङ राईले फुर्सदको समयमा लकडाउनको उपयोग गर्दै हजारौ संगीत प्रेमी मानुभावका लागि करीब १ धण्टा लामो ( हाम्रो आवाज ) पेजबाट लाइभ आएर मनोरञ्जन दिलाएकी थिइन।
गायिका राईले धरै लामो लाइभ मार्फत धरमा बसेर आफु बाचौ र अरुलाई पनि बाचाऔ भन्ने सन्देश सहित पुन लाइभमा आउने प्रण गरेकी थिइन भने दर्शक श्रोताको पुन लाइभको लागि आग्रह गरेको छन्।
देश विदेशमा रहेका संगीत प्रेमी नेपालीले ४६.५ k हेरी सकेका छन् भने उक्त लाइभ करीब १ सय ६८ जनाले सेयर समेत गरेका छन्। गायिका राई हाम्रो आवाज टिम भित्र समेत रहेकी छिन्।