जुनी खालिङ राईले ल्याइन नया गीत “कस्तो माया ...’(भिडियो सहित)

काठमाण्डौ । गायिका जुनी खालिङ राईले ल्याईन नया गीत “कस्तो माया..! गीतको भिडियो म्युजिक जुनी खालिङ राईको अफिलियल युटुब च्यानलबाट हिजो सार्वजनिक गरेकी छिन् । शुक्र खिम्बुले राईले रचना गरेका गीत, गायिका जुनी खालिङ राई र गायक कृष्ण कुमार राईले मिठो आवाज दिएका छन् । नया गीत “कस्तो माया...!” म्युजिक भिडियो हिजो सार्वजनिक गरेकी गायिका राईले हाम्रो आवाज संग बताएकी हुन्।

पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईले “कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो...” जस्तो दर्जनौ गीतमा आवाज दिएकी गायिका खालिङ राईले “धान रोप्नु बर्खे झरीमा, धनकुटा बजार...” जस्ता अन्य नया गीत पनि चाडै सार्वजनिक गर्न लागेकी छिन् ।

गायिका जुनी खालिङ राई र गायक कृष्ण कुमार राईको आवाजमा रहेको “कस्तो माया...!” कृष्ण भक्त राईले एरेन्ज गरेका हुन्, भने संगीत स्वयम् गायक कृष्ण कुमार राईको संगीत रहेको छ । यस म्युजिक भिडियोको प्राविधिक पक्ष रोजी राईले हेरेकी छिन्। पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिङ सेवा रेकडिङ स्टुडियो अनामनगर काठमाण्डौका मुस्कान मुकारुङले गरेका हुन् । लकडाउनका समयमा छायांकन गरिएको म्यजिक भिडियोमा, प्राविधिक पक्षको राम्रो संयोजन गरिएको छ । यस म्युजिक भिडियोमा गायिका जुनी खालिङ राई, गायक कृष्ण कुमार राई स्वयम् कलाकारको रुपमा समेत अभिनय गरेका छन् ।

भिडियो हेर्नुस्