जुनी खालिङ राईको “पटुकी कसी छेवैमा बसी” सार्वजिनक (भिडियो सहित)
काठमाण्डौ - चर्चित गायिका जुनी खालिङ राई, युवा गायक ज्ञान कुमार नाछिरिङ राईको युगल आवाजमा रहेको “पटुकी कसी छेवैमा बसी” बोलको गीत पुर्वाअञ्चल धनकुटाकी चर्चिच गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।
सार्वजनिक म्युजिक भिडियो गीतका शब्द रचना जीवन खालिङ राईले लेखेका हुन। यस गीतको संगीत चर्चित संगीतकार जीबिहाङ राईले संगीत भरेका हुन्। पदम राजन मगरले ऐरेन्जर गरेका पुर्वाञ्चलका चर्चित स्टुडियो पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरी र सेवा रेकर्डिङ स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ भने मुस्कान मुकारुङले गरेका हुन्।
सार्वजनिक म्युजिक भिडियो गीतको कोरसमा दिपा खालिङ राई, अप्सरा विष्ट, अशोक मुकारुङ, पदम राजन मगर रहेका छन्। जुनी खालिङ राई, मुना खालिङ राई, किरण राई र कमल रहेका छन्। छायाकंनमा श्रीराम राईमाझी, सविन लिम्बुले गरेका हुन। यस म्युजिक भिडियोका निर्देशन गायिका जुनी खालिङ राईले गरेकी हुन भने इडिटिङ ऋकेश जंग राइमाझीले गरेका छन् ।
म्युजिक भिडियो यहा हेर्नुस